प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
माघ २०७८
दाङमा आगलागी हुँदा ५ जनाको मृत्यु:
२०७८-१०-२८

दाङ, तुलसीपुर उ.म.न.पा.वडा नं. ५ तुलसी बोडिङ चोक नजिक घरमा आगालागी हुँदा ५ जना व्यक्तिहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला दाङ, तुलसीपुर उ.म.न.पा. ५ बस्ने अन्दाजी बर्ष १३। १४ की सिजता खातुन, अन्दाजी बर्ष १४।१५ को हर्सन बकस, अन्दाजी बर्ष १५।१६ को मसिम बकस,अन्दाजी बर्ष ४०।४२ को नजरदिन अली, अन्दाजी बर्ष ५।६ को आदिददिन अली रहेका छन् ।                     मिति २०७८।१०।२८  गते राती अन्दाजी ०२:०० बजे बक्स बहादुर के.सी.को घरमा हुसेन बक्सले संचालन गरेको ईरम फुटवयर (जुत्ता चप्पल पसल) मा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको थियो ।  आगो नेपाल प्रहरी, नेपाल आर्मी ,सशस्त्र प्रहरी, दमकल र स्थानिय बासीको सहयोगमा बिहान ०७:१० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगालागीबाट घर तथा पसलमा क्षती भएता पनि क्षतीको एकिन विवरण आउन बाँकी छ ।  

शैक्षिक सुधारको नाममा अफवाह फैलाई विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गरी ठगी गर्ने व्यक्ती पक्राउ
२०७८-१०-२६

बर्दीया, गुलरिया नगरपालिका वडा नं. ६ स्थित बगलामुखी विद्यालयको परिसरबाट  शैक्षिक सुधारको नाममा अफवाह फैलाई विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गरी ठगी गरिरहेका एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. २५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्री रहेका छन् । क्षेत्रीले जिल्लाका विभिन्न स्थानहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ब्यानर प्रयोग गरी साईवर एण्ड लाईब्रेरी नाम गरेको प्रोजेक्टको नामबाट प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थाहरुलाई सहुलियतमा विद्युतीय तथा स्टेशनरी सामग्रीहरु वितरण हुँदैछ भन्दै प्रलोभन देखाई न्यून गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु उच्च मुल्यमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले मिति २०७८।१०। २४  गते बगलामुखी विद्यालयबाट नगद १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैकका चेक ३ थान, साईवर एण्ड लाईब्रेरीको नाममा रहेको बिल ठेली ४ थान, र  Lotte Choco Pie र सुर्य चुरोटको कार्टुन भित्र प्याकेजिङ गरिएका  प्रिन्टर १९ थान, मोनिटर १९ थान, सि.पि.यु. १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राईभ १७ थान, क्याल्कुलेटर १७ थान, राईटिङ बोर्ड २० थान, सिसिटिभि क्यामेरा १८ थान, किबोर्ड १९  थान, नेपाली बृहत शब्दकोष किताब ७ थान, अक्सफोर्ड लगायतका विभिन्न पुस्तक ३० थान, क्यालेन्डर २९ थान सामग्रीहरु सहित निजलाई नियन्त्रणमा लिएको थियो ।  निजले Email, Whats app, Text message को प्रयोग गरी विशिष्ट व्यक्तिहरुको नाम उल्लेख गरी शैक्षिक संस्थाहरुलाई  सहुलियतमा विद्युतीय तथा स्टेशनरी सामग्रीहरु वितरण हुँदैछ भन्दै Message पठाई प्रलोभनमा पारी कम गुणस्तरीय सामग्रीहरु उच्च मुल्यमा विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनाको थप अनुसन्धान भई रहेको छ  ।      

सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु ।
२०७८-१०-२३

प्युठान, गौमुखी गाँउपालिका वडा नं.  ६ ओखरपाटामा ग.१.ज. ५०९२ नम्बरको महेन्द्रा जिप दुर्घटना हुँदा ८ जना व्यक्तिहरुको मृत्यु भएको छ । मिति २०७८।१०।२२ गते लुङबाट विवाहको दुलाही लिएर फर्कदै गरेको जिप  गौमुखी गाँउपालिका वडा नं.  ६ ओखरपाटामा रोड देखि अन्दाजी १००। १५० मिटर तल खसी दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको र बाँकी ७ जना घाइते भएकोमा २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा  जिल्ला प्यूठान, गौमुखी गा.पा. ६  लिवाङ बस्ने  बर्ष  ३९ को बसन्त खड्का, निजको छोरी बर्ष ११ की एलिसा खड्का, अन्दाजी बर्ष ३९/४० की बसन्ती खड्का, बर्ष २९ की केसरी खड्का,  अन्दाजी बर्ष ५०/५२ को बल बहादुर बुढामगर,  बर्ष ३२ को खिम बहादुर खत्री, बर्ष ५२ की नन्दी खड्का र  जिल्ला प्यूठान नौबहिनी गा.पा. ६ लुङ बस्ने बर्ष १८ कि बिपना जि.सी. रहेका छन् ।  अन्य घइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।

लागूऔषध हिरोईन सहित मानिस पक्राउः-
२०७८-१०-२०

दाङ, घोराही उ.म.न.पा. वडा नं. १७ गुलरीयाबाट लागूऔषध खैरो हिरोइन सहित मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जिल्ला दाङ, घोराही उ.म.न.पा. वड नं. १२ हापुर बस्ने वर्ष २६ को दिपेन्द्र खड्का रहेका छन् । मिति २०७८।१० गते १४:४५ बजेको समयमा घोराही उ.म.न.पा. वडा नं. १७ गुलरीयामा लागूऔषध ओसार पसार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी टोली खटि गई उक्त स्थानमा बाटो छेउको कलवटमा संकास्पद रूपमा उभिएका दिपेन्द्र खड्कालाई चेकजाँच गर्दा निजको साथबाट shikhar ice लेखेको चुरोटको डिब्बा भित्र लागूऔषध खैरो होरोईनको सानो सानो ३४ पुडिया (क्वाटर) (१ ग्राम ३८० मिलि ग्राम) बरामद गरी निजलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।

जुवा खेलिरहेको अवस्थामा मानिसहरु पक्राउ:
२०७८-१०-२०

दाङ, शान्तिनगर गाँउपालिका वडा नं. ५ बैशाबाट जुवा खेल्दै गरेका ८ जना व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला दाङ शान्तिनगर गा.पा. ७ बस्ने बर्ष ३२ को बिर ब. रावत, बर्ष ४५ उत्तम डाँगी,  बर्ष ४० को प्रमोद खड्का, तुलसीपुर उ.म.न.पा. ९ बस्ने बर्ष ३० को राज कुमार बोहरा, बर्ष ५८ को धुर्व शाह, बबई गाँउपालिका वडा नं.  ४ बस्ने बर्ष ४० को बलिराम खत्री, शान्तिनगर गाँउपालिका वडा नं.  ५ बैशा बस्ने बर्ष ३२ को निराजन मल्ल र  देश भारत बस्ने बर्ष ३५ को हजरत अली रहेका छन् । मिति २०७८।१९।१९ गते २२:१० बजे  निराजन मल्लको घरमा अवैध रुपमा जुवा खेलिरहेको अबस्थामा निजहरुलाई १ गड्डी खोलेको तास र नगद रु. २,८२,३०५ (दुई लाख बयासी हजार तिन सय पाँच) सहित नियन्त्रणमा लिइएको हो । हाल घटनाको थप अनुसन्धान भई रहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१०-०३

बाँके, ३ मिति २०७८।१०।०३ गते कोहलपुर नगरपालिका-११ बस्ने बिरेन्द्र थारुको घरबाट ५ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका-३ बस्ने ६४ वर्षीय रामचरण थारु, २५ वर्षीय सुरज थारु, २७ वर्षीय ध्रुव कुमार थारु र ३६ वर्षीय सुन्दर राम थारु रहेका छन् । बिरेन्द्र थारुको घरमा लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।